Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

2019-03-31

Gandaki, Parbat, Kushma, Ward 12

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको भातृ सङ्गठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक ३५ वर्षीय विष्णु परियारलाई प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ ।

कुश्मा नपा–८ बस्ने परियारलाई कुश्मा नपा–१२ ठूलिपोखरीबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । ठूलिपोखरीलगायतका क्षेत्रमा सङ्गठन विस्तार गर्दै हिँडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलिपोखरीबाट खटिएको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र श्रेष्ठले जानकारी दिए ।

गिरफ्तार गरिएका परियारलाई जिल्ला प्रहरी कार्यालय, पर्वतको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


सन्तोष थापा

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments