Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-04-01

Karnali, Jumla, Chandannath, Ward 4

चार वर्षीया कालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चन्दननाथ नगरपालिका–४ भारतीवाडाका ४८ वर्षीय श्याम भारतीलाई चैत १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले उजुरी गरेपछि प्रहरीले भारतीवाडाबाट आरोपितलाई गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर नविन ओलीका अनुसार पीडित पक्ष आरोपितको दबाबमा परेर बाहिरै मिलापत्र गर्न खोजेका थिए ।

इन्स्पेक्टर ओलीका अनुसार भारतीवाडा स्थित नमूना प्रथामिक विद्यालयमा चैत १८ गते बालिकामाथि यौन दुव्र्यवहार भएको जानकारी आएपछि आरोपित भारतीलाई गिरफ्तार गरी अनुसन्धान थालिएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको छ ।

मानदत्त रावल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments