Incident Reports

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

2019-03-28

Lumbini, Rupandehi, Butwal, Ward 14

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–१४ का ३२ वर्षीय प्रकाश सापकोटालाई चैत १५ गते मोतिपुरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १४ गते साँझ घरमा कोही नभएको मौका छोपी यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले चैत १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा विसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments