Incident Reports

विप्लव माओवादीका दुई कार्यकर्ता पक्राउ

2018-11-01

Madhes, Dhanusha, Janakpur, Ward 7

विपल्व समूहको नाउँमा चन्दा उठाइरहेका दुई जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ।

बिहीवार दिउँसो डेढ बजे जनकपुर उपमहानगरपालिका-७ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरी बर्दिवास नगरपालिका-२ बस्ने ३२ वर्षीय अमर क्षेत्री र लमजुङ सुन्दरबजार नगरपालिका-१ भोटेओढार बस्ने ४० वर्षीय राजु कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। केही व्यक्तिहरु विप्लव समूहको नाउँमा चन्दा उठाइरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले क्षेत्री र कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी प्रवीण शाहीले जानकारी दिएका छन् । उनीहरुको साथबाट बा ३६ प ९८२ नम्बर को मोटरसाइकल, विभिन्न किसिमका दस्तावेज, चन्दा रसिदलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments