Incident Reports

श्रीमतीले नै श्रीमानविरुद्ध बलात्कार मुद्दा दिएपछि...

2019-03-26

Lumbini, Rupandehi, Butwal

आफ्नो इच्छाविपरित श्रीमान्ले शारीरिक सम्पर्क राखेको भन्दै रुपन्देहीकी एक महिलाले श्रीमानविरुद्ध प्रहरीमा जवरजस्ती करणीको उजुरी दिएकी छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  ३५ वर्षीया विवसदेवी  (नाम परिवर्तन) ले ४० वर्षीय फशादराम (नाम परिवर्तन) विरुद्ध चैत १२ गते जवरजस्ती करणीविरुद्धको जाहेरी दिएकी हुन् ।बैवाहिक जवर्जस्ती करणीविरुद्ध श्रीमतिले जाहेरी दिएपछि उनका श्रीमानलाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले जनाएको छ ।गोपनीयताको हकलाई ध्यानमा राखेर प्रहरीले उनको विवरण खुलाएको छैन ।उक्त घटनासहति पछिल्लो तीन हप्तामा रुपन्देहीमा  शृङ्खलाबद्ध तीन ठूला व्यक्ति हत्याका घटना र ६ वटा बलात्कार घट्नाका मुद्दा रुपन्देही प्रहरीमा परेको  जिल्ला प्रहरी प्रमुख एसपी ह्दय थापाले जानकारी दिए ।जवर्जस्ती करणी उद्योगका आरोपी एक जना फरार रहेपनि अन्य ५ वटै बलात्कार मुद्दाका आरोपी र तीनवटै हत्याका अभियोगीहरुलाई रुपन्देही प्रहरी पक्राउ गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments