Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-03-27

Gandaki, Baglung, Badigad, Ward 2

३३ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरीले बागलुङको बडिगाड गाउँपालिका–२ बस्ने ४३ वर्षीय देवबहादुर रानालाई चैत १९ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई चैत १२ गते राति यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १८ गते प्रहरीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरी पछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय, बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

आरोपित राना यसअघि कर्तव्य ज्यान कसुरमा १० वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएको समेत डिएसपी भट्टराईले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ परिक्षण चैत १९ गते धौलागिरी अञ्चल अस्पताल, गरिएको प्रहरीले जनाएको छ ।


सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments