Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-01

Province 1, Taplejung, Aathrai Tribeni

वौद्घिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई हाडनाता करणी गरेको आरोपमा प्रहरीले चैत २० गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरुले ०७५ जेठदेखि चैत सम्म पटकपटक बलात्कार गरेको र अन्तिम पटक चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितहरुलाई गिरफ्तार गरिएको डिएसपी सञ्जयसिंह थापाले बताए ।

पीडित पक्षको उजुरीका आधारमा आठराई त्रिवेणी गाँउपालिकाका ३१ वर्षीय र २९ वर्षीय दाजुद्वयसहित ४० वर्षीय छिमेकीलाई गिरफ्तार गरिएको डिएसपी थापाको भनाई छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २० गते गरिएको छ ।


देवराज गुरुङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments