Incident Reports

बोराभित्र शव लिएर हिँडेका दुई पक्राउ

2019-04-02

Bagmati, Chitawan, Bharatpur, Ward 2

भरतपुर महानगरपालिका-२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपर-२, क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् । उनीहरूले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी किनारमा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

रेग्मीका अनुसार सलको पासो लगाई आत्महत्या गरेपछि अन्त्येष्टिका लागि बहिनीलाई नदीतर्फ लैजाँदै गरेको पक्राउ परेकाले बयान दिएका छन् । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । पक्राउ परेकाको अनुसन्धान भइरहेको उनले बताए । सो परिवारले नारायणगढमा फलफूल बिक्री गर्ने गरेको छ। रासस

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Youth Abducted 00
Local Newspaper - Chitwan

0 Comments

Related Reports