Incident Reports

पत्नी र छोरीलाई खुकुरी प्रहार गर्ने गिरफ्तार

2019-04-02

Province 1, Sunsari, Itahari, Ward 20

खुकुरी प्रहार गरी पत्नी र छोरीलाई घाइते बनाएको आरोपमा इटहरी उपमहानगरपालिका-२० का ४७ वर्षीय सोमबहादुर राईलाई प्रहरीले गिरफ्तार गरेको छ । चैत १९ गते मादक पदार्थ सेवन गरी ३५ वर्षीया पत्नी कृष्णकुमारी राई र २१ वर्षीया छोरी सुनीतालाई खुकुरी प्रहार गरी घाइते बनाएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, इटहरीका इन्स्पेक्टर वुद्घि चौलागाइँले बताए ।

हात र घाँटीमा गम्भीर चोट लागेको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । आरोपितमाथि ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।



जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 1
INSEC

0 Comments