Incident Reports

प्रहरीले अनावश्यक दुःख दिएको भन्दै पत्रकारले निवेदन दिए

2019-04-07

रास्कोट नपा-८ बस्ने ३४ वर्षीय पत्रकार रुपेन्द्र ऐडी र पचालझरना गाउँपालिका-२ बस्ने ३६ वर्षीय पत्रकार कालीबहादुर महतराले स्वतन्त्र भई बाँच्न पाउने अधिकारको सुनिश्चितता र जीवनरक्षाको पहल गरिदिन अनुरोध गर्दै चैत २१ गते इन्सेकमा निवेदन दिएका छन् ।


हाल सदरमुकाम मान्ममा बस्दै आएका दुवैले निवेदनमा आफूहरू विगतमा विप्लव नेतृत्वको नेकपामा आस्थावन भएको भन्दै प्रहरीले दुःख दिने गरेको उल्लेख छ । राज्यले प्रतिबन्ध गरेका कुनै पनि क्रियाकलापमा सहभागी नभएको पीडितको निवेदनमा उल्लेख छ ।


यसका विषयमा कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीसँग बुझ्दा प्रमुख जिल्ला अधिकारी कार्कीले सो आरोपको खण्डन गर्दै प्रहरी तथा प्रशासनले निवेदनमा उल्लेख गरिएअनुसार कुनै पनि कार्य नगरेको दाबी गरेका छन् । पत्रकार महतारा नेपाल पत्रकार महासङ्घका साधारण सदस्य हुन् भने पत्रकार ऐडी नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका पार्षद् हुन् ।



कालीबहादुर मल्ल

0 Comments