Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकताद्वारा आत्मसमर्पण

2019-04-10

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका पूर्व जिल्ला सदस्य ठाकुरबाबा नपा-७ का ४७ वर्षीय यज्ञप्रसाद सापकोटाले चैत २५ गते जिल्ला प्रशासन कार्यालयमा बर्दियामा आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय गुलरियामा उपस्थित भएर पार्टीको कुनै पनि भूमिका र संलग्नता नरहने सापकोटाले बताए ।

सापकोटाले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । पार्टीको कुनैपनि भूमिकामा नरहने भन्दै आत्मसमर्पण गरेकाले सुध्रनिे मौका दिइएको सिडिओ कुरुम्बाङ बताए ।

यसैगरी बाँके जिल्लामा पनि चैत २५ गते खजुरा गाँउपालिका-८ का ६६ वर्षीय चुन्नी खाँले पार्टीको कुनैपनि गतिविधिमा नलाग्ने लिखित प्रतिबद्धता सहित आत्मसमर्पण गरेका छन् ।

राजनीतिक प्रतिबन्धपछि नेपालगञ्ज उपमनपा-२ का डिल्लीबहादुर बिसी, कोहलपुरका रामजी कुँवर, रुकुम चौरजहारीका गगन खड्काले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी अरुण पौडेलले बताए ।


मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments