Incident Reports

विप्लव नेतृत्वको नेकपाका नेता गिरफ्तार

2019-04-10

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका डोल्पा जिल्ला इञ्चार्ज वीरबहादुर खड्का ‘क्षितिज’लाई प्रहरीले चैत २७ गते गिरफ्तार गरेको जनाएको छ । 

जिल्ला सदरमुकाम खलंगाको थप्लेमा होटल व्यवसाय सञ्चालन गर्दै आएका खड्कालाई सो पार्टीका गतिविधिहरु सञ्चालन गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । 

लामो समयदेखि होटल व्यवसायीका रूपमा रहेका खड्काले सदरमुकाम खलंगामा बसेर सरकारले प्रतिबन्ध लगाएका गतिविधिहरू गरेको आरोप प्रहरीको रहेको छ । 

गिरफ्तार गरिएका खड्कालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको डिएसपी खत्रीले बताएका छन् ।  


दिनेशकुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Banke

0 Comments