Incident Reports

१३ रोपनी १५ आना जग्गा विप्लवको कब्जामा

2019-04-14

Bagmati, Nuwakot, Belkotgadhi

नुवाकोट- नुवाकोटको बेलकोटगढी नगरपालिका मा रहेको मानबहादुर लामाको १३ रोपनी १५ आना जग्गा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ। 

रत्नबहादुर लामाको नाममा रहेको २१ रोपनी ११ आना जग्गा मध्ये कान्छो छोरा बुद्धिबहादुर लामाले अंश भागबन्डा गरी  ७ रोपनी ४ आना जग्गा आफ्नो नाममा नामसारी गरिसकेका छन्। बाँकी रहेको १३ रोपनी १५ आना जग्गा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको विज्ञप्ति मार्फत जनाएको छ। एक लाख ६० हजार रुपैयाँ मान बहादुरलाई दिएर जमिन बैंकमा छ भनी किर्तिपुर बस्ने निराजन थापालाई बेचेर करोडौं असुली गरेर उक्त जमिनको हकदारलाई भु–माफियाले सुकुम्बासी बनाएका छन्।

विज्ञप्तिमा भनिएको छ। आफ्नो जमिन बैंकमा राखिदिन्छु भनी जालसाजी गरेर बेचविखन गर्ने भु–दलाललाई कारबाही गरि न्यायका लागि हाम्रो पार्टीलाई अनुरोध गरेकाले पीडितले न्याय नपाउन्जेल उक्त जमिन रोक्का गरि कुनै संघ संस्था र व्यक्तिलाई कारोबार नगर्न अनुरोध गरिन्छ। साथै विज्ञप्ति मार्फत भु–माफिया सुर्जेबहादुर, उनकी श्रीमती सविता तामाङ, जग्गा किन्ने निराजन थापा र तत्कालीन सचिव किरण श्रेष्ठलाई कारबाहीको माग गरिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments