Incident Reports

चिर्पटले हानी श्रीमानको हत्या

2019-04-10

Bagmati, Dolakha, Jiri, Ward 1

चरिकोट : दोलखाको जिरी नगरपालिका–१, श्यामाको ढुङ्गेमा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको मृत्यु भएको छ। बुधबार राति भएको झगडामा श्रीमती ४५ वर्षीया फुर्लमु शेर्पाले चिर्पटले हिर्काउँदा ५९ वर्षीय श्रीमान् निमातेञ्जी शेर्पाको मृत्यु भएको हो। मृतक  निमातेञ्जी निधारमा गहिरो चोट लागेको र उनको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

  घटना बुधबार राति घटेको भए पनि श्रीमान्को हत्या गरेकी श्रीमती  फुर्लमु  भने केही नभएझैं गरी बिहीबार दिउँसो मेलापातमा निस्किएकी थिइन्। छोरा घर पुगेपछि मात्र घटना सार्वजनिक भएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिए।

    घटना सार्वजनिक भएलगत्तै प्रहरीले श्रीमती फुर्लमुलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको निरीक्षक श्रेष्ठले बताए। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जिरीमा राखिएको छ। प्रहरीकाअनुसार मदिरा सेवन गरेर घर गएका निमातेञ्जीसँग श्रीमती फुर्लमु शेर्पाको झगडा भएको र उनले आवेगमा चिर्पट प्रहार गर्दा ज्यान गएको हो। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports