Incident Reports

विप्लवका जिल्ला नेता पक्राउ

2019-04-14

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता रमेश बस्याललाई प्रहरीले पक्राउ गरेको छ। 

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ आनन्दन नगर बस्ने बस्याललाई आइतबार दिउँसो घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। 

उनी विप्लव समुहका जिल्ला सदस्य रहेको भट्टले जानकारी दिए। बस्याललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। 

पक्राउ परेका बस्यालमाथि सवारीसाधनमाथि आगजनी गरेको आरोपमा मुद्दा चलाइएको भट्टले जानकारी दिए। अघी पक्राउ परेका जिल्ला इन्चार्ज ‘सुमन’ उपनामका गंगा ज्ञवाली र जिल्ला सदस्य अल्गु चौधरीलाई पनि सवारीसाधनमाथि आगजनी गरेको आरोपमा मुद्दा चलाइएको छ। 

फागुन ३० गते विप्लवले वाह्वान गरेको नेपाल बन्दका क्रममा बासाबसही चोकमा रोकी राखेका दुई ट्रकमा आगजनी गरेको आरोप उनीहरुमाथि लगाइएको छ। 

  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments