Incident Reports

विप्लवका खोटाङ जिल्ला सदस्य पक्राउ

2019-04-15

Province 1, Khotang, Halesi Tuwachung

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य पक्राउ परेका छन्। नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य तथा आर्थिक विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका खत्रीलाई हलेसी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। पक्राउ परेका खत्रीलाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनलाई डिकुवाकै एक स्थानीयको मोटरबाइकमा लिफ्ट मागेर हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। 

त्यस्तै  विप्लव नेतृत्वकाे नेकपाकै गाेरखा जिल्ला सदस्य अन्जु कुमाललाई पनि प्रहरीले समातेकाे छ। सोमबार दिउँसो गोरखा नगरपालिका ८ आयुर्वेद चोकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भोला रावलले बताए। कुमाल विप्लवनिकट महिला संघको केन्द्रीय सदस्यसमेत हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments