Incident Reports

चन्द समूहका जिल्ला सचिव पक्राउ

2019-04-15

Sudurpashchim, Bajhang, Bithadchir

 नेक्रवित्रम चन्द समुहका बझाङ जिल्ला सचिव भरत मल्ललाई प्रहरीले सोमवार पक्राउ गरेको छ । धनगढीबाट बझाङ आउदै गरेका मल्ललाई प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा बित्थडचिर गाउँपालिकाबाट पक्राउ गरेको हो ।  पक्राउपछि केदारस्यूा गाउपालिकामा रहेको उनको घर खानतलासी गर्दा कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने दुई गोली बरामद भएको प्रहरीले जनाएको छ । मल्लको घरबाट विद्युतिय तार १० मिटर, बम बनाउन प्रयोग गरिने पाईप (सकेट) एक थान र ५ ग्राम लागुऔषध चरेस बरामद गरेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए । मल्लले जवरजस्ती चन्दा संकलन गरेको, ज्यान मार्ने तथा विभिन्न संघ संस्थाका गतिविधिमा प्रतिबन्धलगाउने धम्कीसमेत दिएकाले पक्राउ गरिएको केसीले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments