Incident Reports

विप्लव नेतृत्वको नेकपाले चैतली मेलामै राख्यो विस्फोटक पदार्थले भरिएको झोला

2019-04-17

Sudurpashchim, Bajhang, Chabispathivera

बझाङको प्रसिद्ध धार्मिक मेला बान्निकी चैतलीबाट प्रहरीले विस्फोटक पदार्थ फेला पारेको छ । 

छबिसपाथीभेरा गाउँपालिकाको बान्नीचौर नजिकैको मेलास्थलबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले छोडेको झोलासहितको विस्फोटक पदार्थ प्रहरीले फेला पारेको हो । 

मेला भर्न जम्मा भएको भिडमा फ्याँकिएको झोला झोलामा विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झोलाबाट विस्फोटक पदार्थ डिटोनेर ६ थान, बारुद भएको लोला २ थान, विद्युतीय तार ६० मिटर बरामद गरिएको प्रहरीले जनाएको छ  । 

झोलाबाट अखिल क्रान्तिकारीको छाप १ थान, चन्दा उठाउन प्रयोग गरिने रसिद ठेली ४ थान, चन्दा उठाइसकेका रसिदको अर्धकट्टी ठेली ३ थान प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताउनुभयो । झोलामा नगद ६ हजार रुपैयाँसमेत थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments