Incident Reports

पाँच ठाउँमा फेला परेको बम निष्क्रिय

2013-11-19

Manohar Kumar Pokharel सप्तरी । ०७० मङसिर ४ गते, संविधान सभाको निर्वाचनमा मत खसाउन जाने मतदाताहरूलाई आतंकित पार्ने उद्देश्यले काङ्ग्रेस ४ गते जिल्लाका विभिन्न पाँच ठाँउमा राखेको बम फेला परेको छ । पूर्व-पश्चिम लोकमार्ग र सहायक मार्गहरूमा फेला परेका सबै बमहरू नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको गणपति राजेन्द्रमणी गिरीले जानकारी दिए । गणपति गिरीका अनुसार प्रि्रा पश्चिम गाविस-४ मा १ प्रेसर कुकर बम र दुइवटा बट्टा बम, पंसेरा गाविस-८ कडरबोनामा आल्मुनियमको कसौडीमा राखेको एउटा बम, खोजपुर गाविस-८ खरचुइयामा एउटा सकेट बम, धर्मपुर गाविस-८ सिम्राहा चोकमा प्लाष्टिक बट्टामा राखेको एउटा बम र रायपुर गाविस-८ स्थित कृषि भवन नजिक कार्टुन बट्टामा राखेको एउटा बम निष्क्रिय पारिएको हो । निर्वाचनमा मत खसाउन गएका मतदाताहरूले सडक छेउमा शंकास्पद वस्तु रहेको प्रहरीलाई खबर गरेपछि प्रहरी र नेपाली सेना पुगेको गणपति गिरीले बताए । संविधान सभाको निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले चुनाव वहिष्कार गर्नेहरूले बम राखेको भए पनि शान्तीपूर्ण रुपमा चुनाव भइरहेको सिडिओ हरिकृष्ण पौडेलले बताए । उनले सबै २ सय ८४ मतदान स्थलमा रहेको चार अस्थायीसहित ५ सय २२ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports