Incident Reports

कांग्रेस पार्टी कार्यालयमा तोडफोड

2019-02-27

Lumbini, Rupandehi, Tillotama, Ward 2

तिलोत्तमा, १६ फागुन (बुटुस)- नेपाली काँग्रेस तिलोत्तमा नगरपालिकाको दुई नम्बर वडा कार्यालयमा बुधबार राति तोडफोड भएको छ। पार्टीको वडा कार्यालयको बैठक कक्ष र हलमा लगाइएको ताला फोडेर भित्र रहेका कागजपत्रहरू च्यातिएको वडा सभापती तिर्थराज पौडेलले जानकारी दिए।

कार्यालयको कोठामा रहेको दराजको ताल्चा फोडी लालपुर्जा च्यातेर चार टुक्रा पारिएको छ। बैठकको निर्णय पुस्तिका लगायतका कागजात च्यातेर वडा भवन देखि केही पर कुलोमा फालिएको छ। अन्य महत्त्वपूर्ण कागजात पनि च्यातेर बाटोमा यत्रतत्र छरिएको वडा सभापति पौडेलले बताए । बिहान उज्यालो भएपछि स्थानीयले घटनाबारे थाहा पाएर खबर गरेको सभापति पौडेलले बताए।  

काँग्रेस रूपन्देहीका सदस्य तथा साविकको शंकरनगर काँग्रेसका सभापति कृष्ण बहादुर गौतमले पार्टी सदस्य र शुभेच्छुकहरूको सहयोगमा नेपालमा नै पहिलो गाउँ समितिको भवन शंकरनगरमा बनाइएको स्मरण गर्दै यस्तो ऐतिहासिक भवनमा चोरी हुनु दुःखद भएको बताए। उनले यस्तो कार्यमा संलग्न जो कोहीलाई पनि कडा कारवाही गर्नुपर्ने बताए।

यसैबीच इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले तोडफोड भएको वडा भवनको बिहीबार बिहान निरीक्षण गरेका छन्। निरीक्षण पश्चात उनले केही स्थानीयसँग समेत घटनाका बारेमा जानकारी लिएका थिए । प्रहरी नायव उपरीक्षक मल्लले चोरी गर्ने नियतले भन्दा पनि कागजात नष्ट गर्ने उद्देश्यले तोडफोड भएको हुन सक्ने बताए। उनले यस सम्बन्धमा थप अनुसन्धान गर्ने समेत बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments