Incident Reports

प्रहरीले उजुरी दर्तागर्न नमानेको एमालेको आरोप

2013-11-17

Sudurpashchim, Baitadi, Purchaudi

Sher Bahadur Chand बैतडी । ०७० मङ्ंसिर ०३ गते, संविधानसभा सदस्य निर्वाचनमा एमालेको प्रचार गरेको आरोपमा मल्लादेहि गाविसमा एमाओवादी कार्यकर्ताको कुटपिटबाट घाइते एमाले कार्यकर्ताले ज्यानमार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न नमानेको आरोप एमाले बैतडी मङ्सिर ३ गते प्रहरीलाई आरोप लगाएको छ । निर्वाचनको क्रममा पार्टीको प्रचारमा रहेका कार्यकर्तालाई आक्रमण गरेको आरोपमा एमाओवादीका दिपेन्द्र कुँवर लगायत सातजना कार्यकर्ताको नाममा ज्यानमार्ने उद्योगमा मङ्सिर २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले उक्त उजुरी दर्ता गरी आरोतिलाई पक्राउ गरी कानुनी कारबाही गर्न कुनै चासो नदेखाएको र प्रशासन निरिह भएको नेकपा एमाले बैतडीका सचिव लिलाधार भट्टले बताए । उजुरीको सात दिनसम्म म्याद हुने भन्दै प्रहरीले घटनाको अनुसन्धान जारी राखेको र दोषीहरूमाथि कारबाही गर्न प्रहरी तयार रहेको र आरोपितलाई प्रहरीले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा घाइतेको उपचार भईरहेको र केही घाइते उपचार गरी घर फर्केको जिल्ला प्रहरी प्रमुख डिएसपी होमनाथ निरौलाले बताए । शेरबहादुर चन्द

0 Comments

Related Reports