Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता बमसहित गिरफ्तार

2019-04-17

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता लुङ्ग्री गाउँपालिका–५ का ३४ वर्षीय जितबहादुर विष्ट र सुनिल स्मृति गाउँपालिका–४ बर्जिबाङका ३७ वर्षीय खैराम महरालाई वैशाख ४ गते बमसहित गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई रातको समयमा बाटोमा हिँडिरहेको बेला एक थान बाल्टिन बमसहित गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले बताए ।

उनीहरूमाथि सार्वजनिक शान्ति सुरक्षाविरूद्धको मुद्दा लगाई छानविन भइरहेको डिएसपी खड्काले बताए ।

माधवकुमार ओली

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments