Incident Reports

प्रहरीले विप्लव नेतृत्वका नेकपाका नेताका परिवारलाई धम्की दिएको आरोप

2019-04-17

Lumbini, Rolpa, Thawang

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता जयप्रकाश रोका ‘प्रताप’ र अमित घर्तीको परिवारलाई वैशाख ४ गते राति घरमा गएर प्रहरीले धम्की दिएको पीडित परिवारले आरोप लगाएका छन् ।

थबाङमा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्कासहितको टोलीले राति घरमा गएर ‘जयप्रकाशलाई निकाल, होइन भने गोली हान्छु’ भन्दै धम्क्याएको जयप्रकाशकी पत्नी शरम रोकाले बताइन् ।

‘राति सुतेको बेला आएर ढोका ढक्ढक्याउँदै तेरो पतिले किन बम हान्ने आदेश दिन्छ । तँलाई खोरमा हाल्छु ।’–उनले आरोप लगाइन् ।

उक्त घरमा डेरामा बस्दै आएका पुल निर्माणका लागि खटिएका प्राविधिकहरू सूर्य नेपाली र धिरज चन्दलाई समेतको होस् भन्दै हातपात गरेको उनीहरूले गुनासो गरे ।

घटनाका बारेमा पीडित परिवारले लिखित उजुरी नदिए पनि फोनमार्फत राष्ट्रिय मानव अधिकार आयोगमा जानकारी गराएको इन्सेक प्रतिनिधिलाई शरमले बताइन् । घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्काले झुठा आरोप भएको बताए ।


माधवकुमार ओली

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments