Incident Reports

हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा अदालतमा मुद्दा दर्ता

2019-04-19

Karnali, Salyan, Bangad Kupinde, Ward 2

पतिले खान लाउन नदिएर माइतीघरमा बस्न बाध्य भएकी बनगाड कुपिण्डे नपा–२ की २८ वर्षीया सुनीता नेपालीले इन्सकेको पहलमा जिल्ला अदालत सल्यानमा वैशाख ५ गते मुद्दा दायर गरेकी छन् ।

३५ वर्षीय पति कमलबहादुर नेपाली हाल ललितपुरस्थित लेले भैरव गणमा नेपाली सेनामा कार्यरत छन् । पतिले दोस्रो विवाह गरेको थाहा पाएपछि आपूmले विभिन्न स्थानमा न्यायका लागि जाँदा समेत सुनवाइ नभएपछि हाल पीडितले इन्सेकको पहलमा जिल्ला अदालत सल्यानमा पालनपोषण र मानाचामल भराइ पाउँ भनी मुद्दा दायर गरेकी छन् ।

‘पतिले विना कारण कुटपिट गर्ने गरेको र पालनपोषण खर्च दिन छाडेपछि मैले उहाँ कार्यरत गणमा गएर पनि त्यहाँको हाकिम सावसँग कुरा गरेँ ।’–उनले भनिन्–‘उहाँहरूले हामी मासिक रूपमा पैसा पठाउने व्यवस्था मिलाउछौँ भन्नुभयो । तर, नत पैसा आयो नत मैलै उहाँको माया नै पाएँ । बरू वहाँले अर्को  विवाह गरेको थाहा पाएँ ।’

न्यायका लागि भौतारिँदाभौतारिँदै हरेश खाइसकेकी नेपालीले बनगाड कुपिण्डे नगरपालिकाको न्यायिक समितिमा समेत माना चामल र छोरीको पालन पोषणको व्यवस्था गरी पाउँ भनि ०७५ चैत २० गते उजुरी दिएको बताइन् ।

न्यायिक समितिले गराएको छलफलमा पतिले ‘मेरो तँसँग कुनै सम्बन्ध छैन जे गर्न सक्छेस गर’ भनेर धम्की दिएपछि अदालतसम्म आउनु परेको पीडितले बताइन् ।

नगरपालिकाकै सिफारिस लिएर जिल्ला अदालतमा पुग्दासमेत प्रक्रिया नपुगेको भन्दै फिर्ता भएपछि इन्सेकको पहलमा मुद्दा दर्ता गरिएको हो ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments