Incident Reports

माओवादी इन्चार्ज गिरफ्तार l

2013-11-19

Madhes, Saptari, Mahadeva

Manohar Kumar Pokharel चुनाव विरोधी गतिविधि गरेको भन्दै प्रहरीले नेकपा-माओवादी जिल्ला इन्चार्ज देवनाथ यादवलाई प्रसवनी गाविस-बनौलीबाट मङ्सिर ४ गते विहान गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरले संविधानसभा निर्वाचन विरोधी गतिविधिको योजनाकारका रुपमा यादवलाई गिरफ्तार गरेको जानकारी दिएको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै सप्तरी प्रहरीले नेकपा-माओवादीका जिल्ला सचिव दीपेन्द्र माझीलाई कात्तिक २४ गते, क्षेत्र नम्बर २ का एरिया इञ्चार्ज बच्चेलाल सरदार, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष फरेबी सदा र भोलाप्रसाद यादवलाई मङ्सिर २ गते गिरफ्तार गरी हिरासतमा राखेको छ ।

0 Comments

Related Reports