Incident Reports

जनकपुरमा महिलामाथि मध्यरातमा दुर्व्यवहार, ८ जना पक्राउ

2019-04-20

Madhes, Dhanusha, Janakpur

जनकपुर– जनकपुरमा गाउँलेहरुको एक समुहले दलित महिलामाथि दुर्व्यवहार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहना बस्ने ३५ वर्षीया मुसहर परिवारकी एक महिलालाई गाउँलेहरुले शनिबार राती दुर्व्यवहार तथा कुटपिट गर्दै कपाल खौरिदिएका हुन् ।महिलालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले  ८ जनालाई पक्राउ समेत गरेको छ ।  पक्राउ पर्नेमा ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रन्जित सादा र १९ वर्षीय सन्तोष  सदा रहेका छन्। पक्राउ पर्नेहरु सबै लोहनाकै हुन् ।प्रहरी उपरीक्षक शेखर खनालले पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गराइ अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments