Incident Reports

एमाओवादी र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच झडप l

2013-11-18

Madhav Raj Pandey सविधान सभा सदस्य निर्वाचन-२०७० को अन्तिम समयमा हुवास गाविसमा मङसिर ३ गते एमाओवादीका कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्तावीच भएको झडपमा काङ्ग्रेसका चारजना कार्यकर्ता घाइते भएका छन् । एमाओवादीका कार्यकर्ताको आक्रमणमा परी नेपाली काङ्ग्रेसका ध्रुव श्रेष्ठ र हिरा श्रेष्ठ लगायतका कार्यकर्ता घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भयो । यसैगरी नेकपा एमालेका जिल्ला सदस्य महेन्द्र जोशीलाई खुकोट गाविसवाट मङ्सिर ३ गते नेपाली काङग्रेसका कार्यकर्ताले अपहरण गरे । मोटरसाईकलका गएका १३/१४ जना कार्यकर्ताले अपहरण गरेर लगेको एमालेका खुकोर्टका शेषराज रेग्मीले वताए । अपहरण गरी कुश्मातर्फलैजादैँ गर्दा प्रहरीले काङ्ग्रेस कार्यकर्ता जनकराज शर्मालाई नियन्त्रणमा लिई जोशीको उद्धार गरेको छ । प्रहरीले दुवै पक्षबीच सर्वपक्षीय छलफल गर्ने जनाएको छ । माधवराज पाण्डे

0 Comments

Related Reports