Incident Reports

विप्लव नेतृत्वको नेकपा निकट शिक्षक सङ्गठनका केन्द्रीय सदस्य गिरफ्तार

2019-04-21

Lumbini, Bardiya, Bansagadhi

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठनका केन्द्रीय सदस्य  बाँसगढी नपा–५ हाउपुरका ३७ वर्षीय ओम रेग्मीलाई वैशाख ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ  ।

स्थानीय सिद्धार्थ आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका रेग्मीलाई वैशाख ८ गते सोधपुछ गर्ने  भन्दै बोलाएर हिरासतमा राखेको थियो ।

रेग्मीलाई हिरासतमा राखेको र वैशाख ९ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा उपस्थित गराउने इलाका प्रहरी कार्यालय बाँसगढीका इन्स्पेक्टर बसन्त गौतमले बताए ।


मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments