2019-04-20
मुड्केचुला गाउँपालिकाकी एक महिला महिलाहरुकै कुटपिटबाट गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा मेड्केचुला गाउँपालिका ६ नर्कु घरभई वडा नम्बर ३ सर्मिमा बस्दै आएकी २२ वर्षीया रामछाया शाही रहेकी छन्।
सदरमुकाम दुनैदेखि ४२ किलोमिटरको दुरीमा रहेको मुड्केचुला गाउँपालिकाको सर्मिमा बैशाख ७ गते साँझ ५ बजेतिर सामान्य भनाभन भएको थियो।
मेड्केचुला ८ बस्ने ३० वर्षीया लछिना रोकाया र ४१ वर्षीया लालपुरा रोकायाले शाहीमाथि कुटपिट गरेका थिए। कुटपिट के कति कारणले भएको भन्ने खुल्न नआएको भएपनि मदिरासेवन पहिलो कारण भएको पाइएको र थप कारण अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा चिरपट दाउरा र धारिलो ढुंगाले कुटपिट गरेको अनुसन्धानमा खुलेको छ। डिएसपी अवदेश विष्टका अनुसार रोकायाद्वयको कुटपिटबाट टाउकोमा गहिरो चोट लागेको छ। कुटपिटबाट घाइते भएकी रामछायाको टाउकोमा ६ ओटा टाँका लगाइएको छ। घाइते शाहीको उपचार अहिले दुनैस्थित जिल्ला अस्पतालमा भइरहेको छ।
कुटपिटमा संलग्न रोकायाद्वयलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Injured | 1 |
Female Injured | 1 |
Youth Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance