Incident Reports

प्रहरीद्वारा मानव अधिकार आयोगका कर्मचारीलाई धम्की, अधिकारकर्मीहरूद्वारा ध्यानाकर्षण

2019-04-23

Lumbini, Banke, Nepalgunj

राष्ट्रिय मानव अधिकार अयोग नेपालगञ्जको संरक्षणमा बसेका व्यक्तिलाई गिरफ्तार गर्न प्रहरीले राति आयोग कार्यालयमा प्रवेशको प्रयास गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति वैशाख ९ गते मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण जनाएका छन् ।

विष्फोटक पदार्थ मुद्दाको आरोपमा गिरफ्तार भएका हुम्ला जिल्ला ओदानचुली नपा घरभई बाँके जिल्ला  कोहलपुर नपा– ११ एकतानगर बस्दै आएका ३५ वर्षीय दानबहादुर फडेरालाई जिल्ला अदालतले वैशाख ८ गते साधारण तारेखमा रिहा गरेको थियो ।

रिहा लगत्तै पुनः गिरफ्तारीमा पर्ने डरले आयोको कार्यालयमा शरण लिन पुगेका फडेरालाई राति इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको कमाण्डमा पुगेको प्रहरी टोलीले अनाधिकृत रूपमा आयोगमा प्रवेशको प्रयास गर्दै आयोगका सुरक्षा गार्ड हरिबहादुर केसीलाई धम्की दिएको घटनाप्रति मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण जानएको आयोगका प्रमुख चन्द्रकान्त चापागाँईले बताए ।

ध्यानाकर्षण पत्रमामा मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि पेरिस सिद्धान्त बमोजिम स्थापना भएको संवैधानिक/स्वायत्त निकाय राष्ट्रिय मानव अधिकार आयोगको शाखा कार्यालय नेपालगञ्जमा कार्यालयको वरिपरी सुरक्षाकर्मीले अनावश्यक घेराबन्दी गरिरहेको घटनाले गम्भीर बनाएको उल्लेख गरिएको छ ।

नेपाल बार एशोसियशनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, आयोगका प्रमुख चन्द्रकान्त चापागाई, नेपालगञ्ज उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, जिल्ला बारका अध्यक्ष मो अयुब सिद्दीकी, इन्सेक प्रदेश ५ कार्यालयका संयोजक भोला महत, एडभोकेसी फोरमका संयोजक बसन्त गौतमलगायतले घटनाको विरोध गरेका हुन् ।



स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , Local Newspaper - Banke

0 Comments