Incident Reports

रुकुमका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग गदै उजुरी l

2013-11-19

सीलाई एमाओवादी कार्याकर्ताहरूले नियन्त्रणमा लिएको क्षेत्र न १ का एमाले उम्मेदवार खेम्मान खड्काले बताए । पूर्वी भेगका धेरै मतदान केन्द्रमा अनियमितता र धाँदली भएको यसमा कुनै सरोकारवाला निकायको चासो नगएको खड्काले बताए । यस बारेमा निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको पनि खड्काले जानकारी दिए । उता जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमले भने चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न भएको बताएको छ । मतदान प्रकृया सकिए लगत्तै पैदल सम्भव भएका ठाउहरू बाट मतपेटिकाहरू सदरमुकाम हिडाइएको जनाइएको छ । जिल्लाको हुकाम, स्यालाखदी र रन्मामैकोटको मतपेटिका हरू हेलिकप्टर मार्फत ल्याउने ब्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत अर्जुन भण्डारीले बताए । दुवै निर्वाचन क्षेत्रमा ८६ हजार चार सय ६४ मतदाता मध्ये ७५ प्रतिशत मत खसेको कार्यालयले जनाएको छ । आदर्श केसी

0 Comments

Related Reports
Related Trend Analysis