Incident Reports

नेकपा-माओवादी पार्टीले मतपत्र जलायो l

2013-11-19

Lumbini, Bardiya, Thakurbaba

३ नेउलापुर गाविस-४ महेन्द्रमार्ग स्थित रानीपुर चोकमा मङ्सिर ४ गते नेकपा-माओवादी पार्टीले मतपत्र जलाएको छ । नेउलापुर गाविस-२ परेनीमा रहेको दुर्गा जनज्योति प्राविमा रहेको मतदान केन्द्रबाट १४ वटा प्रत्यक्ष र १४ वटा समानुपातिक तर्फका मतपत्र ल्याएर जलाएको नेउलापुर गाविस इन्चार्ज सुमन केसी ले दावी गरे । संविधान सभाको निवार्चन बहिस्कार गरौँ लिखिएको जलाउनलाई ठिक्क पारेको कार्टुनभित्र के कति देखाउन मानेन् । बाहिर मतदान अधिकृत को हस्ताक्षर रहेको एक वटा मात्र प्रत्यक्ष तर्फो मतपत्र देखाएका थिए । निर्वाचन अधिकृतको प्रमुख ऋषिप्रसाद अधिकारीले मतपत्र सक्कली रहेकेा तर नेकपा माओवादीले दावि गरे जस्तो नभए एउटा मात्र रहेको बताउँदै त्यसलाई जलाइएको स्थानबाट सम्बन्धीत मतदान केन्द्रले मुचुल्का लिएर आउने बताए । मानबहादुर चौधरी

0 Comments

Related Reports