Incident Reports

कुटपिट घटनाका आरोपित गिरफ्तार

2019-04-22

Karnali, Rukum West, Musikot, Ward 1

४० वर्षीया विष्णु देवकोटालाई कुटपिट गरेको भन्दै प्रहरीले मुसीकोट नगरपालिका–१ माथिल्लो बागबजारका ४० वर्षीय तेजेन्द्र देवकोटालाई वैशाख १० गते घरबाटै गिरफ्तार गरेको हो ।

सधैँ मदिरा सेवन गरेर कुट्ने गरेको र पछिल्लो पटक वैशाख ९ गते बिहान हात नै भाँचिने गरी कुटेको प्रहरीले जनाएको छ ।

कुटपिट गरेपछि पीडित महिलाले सोही दिन प्रहरीमा उजुरी दिएकी थिइन् । गिरफ्तार गरिएका देवकोटामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

पीडित महिलाको उपचार जिल्ला अस्पताल सल्लेमा गरिएको छ । यसअघि पनि पत्नी कुटेको आरोपमा गिरफ्तार भएका आरोपित १० हजार रुपियाँ धरौटीमा रिहा भएका देवकोटाले दोस्रो पटक कसुर गरेको आरोप छ ।


मनिषा केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments