Incident Reports

प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-04-24

Karnali, Surkhet, Birendranagar, Ward 11

वीरेन्द्रनगर नगरपालिका–११ स्थित अमरज्योति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय खगेन्द्र थापालाई कुटपिट गरेको आरोपमा पीडित पक्षले वैशाख ११ गते सोही वडाका वडासदस्य ४६ वर्षीय रामकुमार दर्लामीविरूद्ध प्रहरी र प्रशासन कार्यालयमा उजुरी दिएको छ ।

पीडितलाई आरोपितले वैशाख ११ गते कार्यकक्षमै कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । प्रमाणपत्र नभएका विद्यार्थीहरूलाई सो विद्यालयमा भर्ना गर्नुपर्ने दबाब दिँदै आएका वडासदस्य दलार्मीले विद्यार्थी भर्नाको विवादकै क्रममा एक्कासी आफूमाथि हातपात गरेको प्रधानाध्यापक थापाको भनाई छ ।

वडा सदस्य दर्लामीले विद्यार्थी भर्नाको समयमा अघिल्ला वर्षहरूमा पनि यसरी नै विवाद गर्दै आएको प्रधानाध्यापक थापाको आरोप छ ।

प्रधानाध्यापक थापामाथि हातपात भएपछि विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले घटनाको भत्र्सना र दोषीमाथि कारवाहीको माग गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको टोलीले वैशाख १२ गते वीरेन्द्रनगर नगरपालिका स्थित नगर शिक्षा समिति समक्ष ज्ञापनपत्र बुझाई घटनाको बारेमा ध्यानाकर्षण समेत गराएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यले शान्ति क्षेत्रका रूपमा चित्रित विद्यालयको हाताभित्र प्रधानाध्यापकलाई हातपात गरिनु निन्दनीय भएको बताए ।

शिक्षक महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष कृष्ण थापाले कार्यकक्षमै प्रधानाध्यापक थापामाथि जनप्रतिनिधिले सामान्य विवादकै क्रममा हातपात गर्नु अराजकता भएको बताए ।

पीडित पक्षको उजुरी पछि आरोपित दर्लामीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी वीरेन्द्र रजौरेले जानकारी दिए ।


दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports