Incident Reports

एमाले र एमाओवादीका कार्यकर्ताबिच झडप

2013-11-19

गुल्मी क्षेत्र नं ३ स्थित वाग्ला गाविसको वाग्ला उमावि मतदान केन्द्रमा एमाओवादीका उम्मेद्वार बामदेव क्षत्री पुग्दा कार्यकर्ताले ताली बजाएर स्वागत र हुटिङ गरेपछि एमालेका कार्यकर्ताले मुर्दावादको नारा लगाए । स्वागत र मुर्दावादसंगै विवाद बढेपछि केही समयका लागि निर्वाचन अवरुद्ध भएको छ । सर्वपक्षीय बैठकबाट निर्वाचन सुचारु भयो । यसैगरी मलगिरी गाविसको पुरमावि केन्द्रमा एमालेबाट एकलौटी र धाँधली गरिएको आरोप लगाई अन्य दलका एजेण्ट मतदान केन्द्र्रबाट बाहिरिए । उनीहरूले मुचुल्कामा सहि नगर्ने भन्दै बाहिरिएका हुन् । बस्तु गाविसस्थित हिमालय उमावि केन्द्रमा एमाओवादीका कार्यकर्ताले मृतकको नाममा मतदान गर्न खोजेको भन्दै एमालेका कार्यकर्ताले अवरोध गरेपछि झडप भयो । झडपमा एमालेका कार्यकर्ताहरू विष्णु भण्डारी, नरेश भण्डारी र सन्तोष गौतम सुनार सामान्य घाइते भए भने एमाओवादीका कार्यकर्ता कर्ण पाण्डे घाइते भए । यद्यपी मतदान भने सुचारु भयो ।

0 Comments

Related Reports