Incident Reports

मदिरा सेवनपछि खुकुरी प्रहार, एक गम्भीर घाइते

2019-04-26

Province 1, Morang, Biratnagar, Ward 1

विराटनगर : मदिरा सेवनपछि भएको सामान्य विवादमा खुकुरी प्रहारबाट विराटनगर–१ मा एकजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति १० बजे विराटनगर–१ का १८ वर्षीय अर्जुन पोद्धारलाई विराटनगर महानगरपालिका–२ का २४ वर्षीय विजय रामले खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । खुकुरी प्रहारबाट पोद्धारको कोखा, पेट र टाउकोमा गहिरो चोट लागेको छ ।

घाइतेको अवस्था गम्भीर भएकाले विराट टिचिङ अस्पतालमा उपचार गराइएको छ । घटनापछि प्रहरीले घटनामा संलग्न विजय रामलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट एक किलोमिटरकै दूरीमा पर्ने ठाउँमा घटना भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports