2019-04-26
Sudurpashchim, Kailali, Dhangadhi
धनगढी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सेती ब्यूरो सचिव डबल शाह (भगत सिंह) पक्राउ परेका छन्। शाह शुक्रबार धनगढीको बसपार्कको एक होटलबाट पक्राउ परेका हुन्।
बाजुराको बुढीगंगा-४ स्थायी घर भएका पूर्वसांसद् समेत रहेका शाहलाई पार्टीको लेटरप्याड तथा कागजजातसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। उनलाई राजद्रोहको मुद्दा लगाएर अदालतमा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सरकारले गत फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि कैलालीमा १३ जना पक्राउ परिसकेका छन्।
पक्राउ परेका कतिपय जमानीमा छुटेका छन् भने कतिलाई विभिन्न मुद्दा चलाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |