Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-27

Lumbini, Bardiya, Bansagadhi, Ward 7

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नपा–७ सघापुरका २० वर्षीय उनिस यादवलाई वैशाख १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख १४ गते बलात्कार गरेको भनी सोही दिन मौखिक उजुरी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीको टोलीले यादवलाई घरैबाट गिरफ्तार गरेको हो ।

पीडित महिलाले आरोपितविरूद्ध बलात्कार गरेको आरोपमा वैशाख १५ गते इलाका प्रहरी कार्यालय मोतिपुरमा लिखित उजुरी दर्ता गराएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १४ गते  जिल्ला अस्पताल गुलरियामा गरिएको छ ।


मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments