Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

2019-04-27

Lumbini, Arghakhanchi, Sandhikharka

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले वैशाख १४ गते सन्धिखर्कबाट गिरफ्तार गरेको छ ।

मालारानी गाउँपालिका₋६ साकिनधाराका २७ वर्षीय बालकृष्ण भलामी र भूमिकास्थान नगरपालिका₋३, का २१ वर्षीय शङ्कर शाहीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

बालकृष्ण भलामी ०७१ सालदेखि सो पार्टीमा सक्रिय रूपमा राजनीति गर्दै आएको प्रहरीले जनाएको छ । शङ्कर शाही भने ०७५ सालबाट सो पार्टीमा क्रियाशील रहँदै आएको प्रहरीको भनाई छ ।

सरकारले राजनीतिक प्रतिबन्ध लगाएको र उनीहरूले जिल्लमा चन्दा आतङ्क मच्चाएको उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवारज मल्लले जानकरी दिए ।


नारायण भुसाल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments