Incident Reports

माओवादीद्वारा बम विस्फोटन र डोजरमा आगजानी

2013-11-18

Province 1, Terhathum, Aathrai

Chhatra Rimal तेह्रथुम । ०७० मङ्सिर ३ गते, नेकपा-माओवादीका कार्यकर्ताले ०७० मङ्सिर २ गते राति ११ बजे खाम्लालुङ गाविसको छोटी बजारमा प्रेशर कुकर बम विस्फोटन गराएका छन् । सोही समयमा संक्रान्ति गाविस-९ मा पार्किङ गरेर राखेको पुष्पलाल मध्यपहाडी लोकमार्गको डोजर नेकपा माओवादीका कार्यकर्ताले आगजनी गर्दा क्षतिग्रस्त भएको छ । माओवादीका कार्यकर्ता रामकृष्ण रिजालको नेतृत्वमा गएका चार जनाको समूहले सक्रान्ति गाविस-९ को एक स्थानीय घरमा मटि्टतेल मागेर डोजरमा हाली आगजानी गरेर "निर्वाचन बहिस्कार गरौँ" भन्दै नारा लगाएर भागेको एक प्रत्यक्षदर्शीले बताए । सोही समयमा गराइएको प्रेशर कुकर बम विस्फोटनबाट कुनै क्षति नभएको स्थानीय बासिन्दाले बताए । छत्र रिमाल

0 Comments

Related Reports