Incident Reports

बलात्कार प्रयासपछि बालिकाको  हत्या

2019-04-22

Gandaki, Lamjung, Dordi, Ward 2

बेंसीसहर : दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया किशोरीको बलात्कार प्रयासपछि हत्या भएको छ। अर्चलबोटको लक्ष्मीनारायण माद्यामिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वभाविक देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

हत्या अभियोगमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। बालिकाको नाताले हजुरबुवा र हजुरआमा पर्ने दोर्दी–३ श्रीमञ्ज्याङका ४५ वर्षीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियारलाई हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। 

हजुरबा हजुरआमा र बाआमासँगै अनिशा तनहुँको बाइसजँघारमा विहे भोजमा गएकी थिइन्। विहे भोजपछि बुवा काममा गएको र आमा किताब किन्न गएपछि अनिशा नाताले हजुरबुवा हजुरआमासँगै घर फर्केकी थिइन्। अनिशालाई घर पुर्याए पनि राजकुमार घर नगई एक्ली अनिशासँगै बसेको प्रहरी स्रोतले बताएको छ। 

घरभित्र रहेकी अनिशालाई जबर्जस्ती गर्न खोजेको र नमानेपछि घटना बाहिर आउने डरले किशोरीलाई घाँटीमा अँठ्याएको राजकुमारले स्वीकारेका छन्। स्थानीयले घटना भएको दिन राजकुमार र उनकी पत्नी उक्त ठाउँमा भएको जानकारी दिएपछि दुवैजनालाई पक्राउ गरी अनुसन्धान गर्दा पोल खुलेको प्रहरी प्रमुख डिएसपी यादव ढकालले जानकारी दिए।

घटना गएको वैशाख ९ गते भएपनि हत्याजस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान थालेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा दम्पत्तिले बालिकालाई कर्तव्य गरेको स्वीकार गरेपछि थप कारबाही प्रक्रिया अगाडि बढाएको डिएसपी ढकालले बताए। दम्पत्तीलाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर थप अनुसन्धान थालिएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments