Incident Reports

बानेश्वरमा जलाइयो नागरिकतासम्बन्धी गृहमन्त्रालयको परिपत्र, प्रहरी र प्रदर्शनकारीबीच झडप

2019-04-29

Bagmati, Kathmandu, Kathmandu

विभिन्न राजनीतिक दलको अगुवाइमा नागरिकता विधेयककाविरूद्ध काठमाडौँमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।काठमाडौको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वरतर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले जानकारी दिए ।उनले विदेशीलाई खुला रुपमा वंशजको नागरिकता दिनेगरी विधेयक बनाएकाले आन्दोलन गर्नुपरेको भन्दै तत्काल विधेयक खारेज नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए ।प्रदर्शनमा राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका राजनैतिक पार्टी र संघसस्थाको नेता कार्याकर्ता सहभागी थिए ।त्यसैक्रममा उनीहरुले नयाँबानेश्वर चोकमा गत चैत्र १९ गते जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भनि गृहमन्त्रालयबाट जारी परिपत्र जलाएका छन् ।विधेयककाविरूद्ध प्रदर्शन गरेका ती दलले गृहको परिपत्र जलाएपछि नयाँबानेश्वर चोकमा कोणसभा गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis