Incident Reports

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

2019-04-25

Province 1, Sunsari, Inaruwa, Ward 10

सुनसरी सदरमुकाम इनरुवाकी ५० वर्षीया महिलालाई बोक्सी आरोपमा कुटपिट गर्ने एकजनालाई पक्राउ गरेको छ। इनरुवा १० का ५८ वर्षीय पवन शर्मा खत्वेलाई पक्राउ गरी मुद्धा चलाइएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए।

वैशाख १२ गते छोराको विवाह भोजमा आएका बेला बेहुलाका बाबु खत्वेले ती महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ। कुटपिट पश्चात फरार रहेका खत्वेलाई पीडित महिलाको उजुरीको आधारमा पक्राउपश्चात बुधबार मुद्धा दर्ता गरी कारबाही अगाडि बढाइएको एसपी अधिकारीले बताए।

उनका अनुसार खत्वेलाई जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थपगरी अनुसन्धान सुरु गरिएको छ। कुटपिटबाट घाइते ती महिलाको जिल्ला अस्पतालमा उपचार गरी घर लगिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments