Incident Reports

संविधानसभा निर्वाचन २०७० को मतदान लगायतका गतिविधि, अर्घाखाँची

2013-11-19

Lumbini, Arghakhanchi, Sandhikharka

अर्घाखाँची- रजस्थल मावि मतदान केन्द्रमा एमाओवादी र एमाले कार्यकर्ताबीच झडप भएको छ । दुवै दलबीच फर्जी मत हाल्ने विषयमा विवाद हुँदा भएको झडपमा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य र सचिवालय सदस्य सरोज भुसाल घाइते भएका छन् । झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन सरक्षाकर्मीले दुई राउण्ड हवाइ फायर गरेको थियो । सोही घटनामा एमाओवादी कार्यकर्ताले काँग्रेस र राष्ट्रिय जनमोर्चा कार्यकर्तालाई समेत कुटपिट गरेका छन् । हाल सो मतदान स्थलमा मतदान स्थगित भएको छ ।

0 Comments

Related Reports