Incident Reports

कुटपिट घटनाका आरोपित गिरफ्तार

2019-04-29

Karnali, Rukum West, Aathbiskot, Ward 9

आठविसकोट नगरपालिका–९ स्थित कालिका माध्यमिक विद्यालय सुन्दरपानीमा कार्यरत शिक्षक ३१ वर्षीय भिमबहादुर पुनमाथि कुटपिट गरेको आरोपमा प्रहरीले  सोही ठाउँका ३८ वर्षीय जनक बटालालाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।

वैशाख १६ गते विद्यालयमा कम्प्युटरमा काम गरिरहेको अवस्थामा बटालाले कुटपिट गरेको शिक्षक पुनले आरोप लगाए  ।

सो घटनापछि जिल्लास्थित शिक्षक सघ सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न दबाब दिएका छन् ।

नेपाल शिक्षक महासङ्घ र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले छुट्टाछुट्टै विज्ञप्ति जारीगर्दै काम गरिरहेका शिक्षकलाई विद्यालय परिसरमै कुटपिट गरिएको घटनाको विरोध गरेका हुन् ।

‘नेपाली कांग्रेसका कार्यकर्ता तथा स्वघोषित विद्यालय व्यवस्थापन समितिको हवला दिने तर सोही विद्यालयमा बिएड तहको अभ्यास शिक्षण गर्न गएका बटालाले दुव्र्यवहार गर्दै कुटपिट गरेको’ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षक सेवा आयोगले नतिजा प्रकाशन गरेको थाहा पाएर इन्टरनेटमा हेरिरहेका बेला इन्टरनेट बन्द गरिदिने जस्ता क्रियाकलाप गर्दै हातपात गरेकोे शिक्षक पुनले बताए ।

विद्यार्थीहरु बाहिर छरपष्ट भएको र शिक्षक इन्टरनेटमा रमाएर बसेको देखेपछि त्यसो नगर्न आग्रह गर्दा विवाद भएको आरोपित जनक बटालाले प्रतिक्रिया दिए ।

दुवैजनाले एक अर्कामाथि कुटपिटको आरोप लगाएपछि प्रहरीले दुवैजनालाई गिरफ्तार गरी छानविन सुरू गरेको जनाएको छ ।


मनिषा केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports