Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2019-05-03

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय पतिविरूद्ध पीडित महिलाले प्रहरीमा वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको छ । 

पीडित महिलालाई आरोपित पतिले तीन वर्ष अघिदेखि जबरजस्ती यौन सम्पर्क गर्ने गरेको र पछिललो पटक वैशाख १३ गते जबरजस्ती यौन सम्पर्क गरेर शरीमा जथाभावी टोकेर घाउ नै बनाएको भन्दै प्रहरीमा उजुरी दिएको पीडित महिलाले बताएकी छन् ।

पीडित महिलालाई आरोपितले बच्चा जन्मने ब्यथा लागेको दिनमा समेत जबरजस्ती यौन सम्मर्क गरेको र सुत्केरी भएको १२ दिनको दिनमा पनि जबरजस्ती यौन सम्पर्क गरी असह्य पिडा दिएकोले आफू बस्नै नसक्ने अवस्था भएको भन्दै पीडितले १९ गते वैवाहिक बलात्कार विरूद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।

हाल आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १९ गते जिल्ला अस्पताल धादिङमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments