Incident Reports

ताप्लेजुङका सबै मतदान केन्द्रमा हेलिकप्टरबाट अनुगमन l

2013-11-18

Dev Raj Gurung ताप्लेजुङ । ०७० मङ्सिर ३ गते, नेपाली सेनाको हेलिकप्टरले ताप्लेजुङका सबै निर्वाचन केन्द्रहरूमा मङ्सिर ३ गते अनुगमन गर्ने भएको छ । मतदाताहरूलाई भयमुक्त वातावरणमा मतदान गर्न मनोबल बढोस भन्ने उदेश्यले यस्तो गर्न लागिएको सुरक्षास्रोतले जनायो । ९७ स्थायी र पाँच अस्थायी मतदान केन्द्रमा हेलिकप्टरबाट अनुगमन गरिनेछ । सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको ताप्लेजुङमा केही बिस्फोटका घटनाभएपछि सुरक्षा सतर्कता बढाउन थालेको छ । दैनिकजसो विभिन्न ठाउँमा विस्फोटका आवाज सुनिने गरेको छ । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis