Incident Reports

संविधानसभा निर्वाचन २०७० को मतदान लगायतका गतिविधि, जाजरकोट

2013-11-19

Karnali, Jajarkot, Chhedagad

जाजरकोट - कार्कीगाँउ गाविस-३ स्थित शिरुगार मतदान केन्द्र कब्जा गर्ने उद्देश्यले गएका नेकपा माओवादी कार्यकर्ता र एमाओवादी कार्याकर्ताबीच दिउँसो २ बजे झडप भएको छ । झडपको क्रममा केहीबेर मतदानमा समेत प्रभाव परेको थियो । सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर स्थिति सामान्य बनाएपछि मतदान भइरहेको छ । कार्कीगाँउ गाविस-२ नेटा र सोही गाविस- ९ गाडेसालमा नेकपा माओवादीका कार्यकर्ताले बिहान ८ बजे बम बिष्फोट गराएका थिए । मतदाताहरूमा त्यसको कुनै प्रभाव परेन ।

0 Comments

Related Reports