Incident Reports

कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते

2019-05-03

Lumbini, Dang, Ghorahi

आपसी विवादमा कैदीबन्दीबीच झडप हुँदा जिल्ला कारागार घोराहीका पाँच जना घाइते भएका छन् । वैशाख २० गते बिहान २ बजेतिर कारागारभित्र आपसमा झडप भएको थियो ।

झडपमा परी कैदीहरू ३२ वर्षीय डिपलपसेन ओली, ३० वर्षीय आदित्य बगाले, २६ वर्षीय सुशील रोकाय, २६ वर्षकै डम्मर कवर र ३० वर्षीय प्रेमप्रसाद ओली घाइते भएको जेलर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार डम्मर कवरको हातमा गम्भीर चोट लागेकाले राप्ती उपक्षेत्रीय अस्पतालमा वैशाख २० गते शल्यक्रिया गरिएको छ भने अन्य चारजना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

घाइते हुनेहरू चौकीदार र कैदी नाइके रहेको कारागार प्रशासनले जनाएको छ । खानपिनको समस्या समाधानलगायतका थुप्रै माग सम्बोधन नगरिएको भन्दै कैदीबन्दीहरूले रातको २ बजे चौकीदार र नाइकेहरूलाई कुटपिट गरेका थिए । सामान्य झडप भएको र अहिले कारागारको अवस्था सामान्य रहेको जेलर पाण्डेले बताए ।

६० जनाको क्षमता रहेको जिल्ला कारागारमा अहिले १ सय ७७ कैदी र १ सय ४० बन्दी गरी ३ सय १७ जना राखिएका छन् ।

चौकीदार र नाइकेहरूले कारागारभित्र रहेका कैदीबन्दीले निर्माण गरेका सामग्रीको विक्री वितरणको सहजीकरण र कैदीबन्दीलाई आवश्यक पर्ने किराना सामान विक्रीको काम गर्दै आएको कारागार प्रशासनले जनाएको छ ।

स्रोतका अनुसार कारागारभित्रको पसलमा बजार मुल्यभन्दा धेरै महङ्गोमा सामान विक्री गर्नेलगायत खान बस्नको समस्याका विषयमा कैदीबन्दीहरूले गुनासो गर्दै आइरहेका थिए ।

तर, जेलर पाण्डेले आफू आएको झण्डै महिना दिन हुन लागेको र यो अवधिमा कुनै गुनासो र समस्या नआएको र एक्कासी कुटपिटको घटना भएको बताए । कुटपिट गर्ने कैदीबन्दी को को हुन भन्ने खुलाइएको छैन ।

छानविन समिति गठन

यसैबीच कैदी कुटपिटको विषयमा सत्यतथ्य छानवीन गर्न वैशाख २० गत नै तीन सदस्यीय समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत अमरराज शर्माको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रतिनिधि सदस्य रहेको समिति गठन गरिएको हो ।

समितिले घटनाकोमात्र नभई समग्र कारागारका समस्या, कैदीबन्दीको गुनासोका विषयमा तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी काम गर्ने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

छानवीन समितिले वैशाख २० गते कारागारमा पुगेर सम्बन्धित पक्षहरूसँग छलफल गरेको छानवीन समिति संयोजक शर्माले जानकारी दिए ।


जेएन सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 5
INSEC

0 Comments

Related Reports