Incident Reports

बम प्रहारको घटनाबाट मृत्यु भएका परिवारलाई १० लाख राहत

2013-11-18

Madhes, Bara, Jitpur Simara

Laxmi Sah Sonar बारा । ०७० मङ्सिर ३ गते, बन्दको क्रममा गत कात्तिक २८ गते पूर्वपश्चिम रामार्गको पथलैया-निजगढ सडक खण्डमा ना३ख ५६९७ नम्बरको ट्रक चलाइरहँदा पेट्रोल बम आक्रमणबाट ज्यान गुमाएका निजगढ गाविस-७ का ट्रक चालक राजु देउजा क्षेत्रीका परिवारलाई सरकारले १० लाख राहत उपलब्ध गराएको छ । राहत उपलब्ध गराएपछि क्षेत्रीको मङ्सिर ३ गते काठमाडौँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको क्षेत्रीका आफन्त सहदेव दाहालले बताए । अज्ञात समूहको पट्रोल बम प्रहारबाट जलेर घाइते भई थप उपचारको क्रममा क्षेत्रीको काठमाडौँको महाराजगञ्ज शिक्षण अस्पतालमा मङ्सिर २ गते मृत्यु भएको थियो । अर्का घाइते सोही ठाउँका ट्रक धनी ४५ वर्षीय हरि प्रर्साईको शिक्षण अस्पतालमै उपचार भइरहेको छ । ज्यान गुमाएका क्षेत्रीको श्रीमति सहित १ छोरा र १ छोरी छन् । १२ वर्षीय छोरी निशा र १० वर्षीय छोरा निपेश अहिले छिमेकीको घरमा वास बसेका छन् । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis